अर्थ

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा रमदैया भवाडीमा

सिटिजन्स बैंकले अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवाडीमा ९४ औं शाखारहित बैंकिङ सेवा शुरु गरेको हो।

उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ। यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य बैंकले लिएको छ।

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ। 

प्रकाशित: ६ असार २०७९ ०१:१५ सोमबार

शाखारहित बैंकिङ सेवा रमदैया भवाडीमा