अर्थ

मल पाइने भएपछि कृषक खुसी

रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन्। स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो मार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन्।

लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको डिपो मार्फत सोमबारदेखि रासायनिक मल (डिएपी) वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ की कृषक रन्नता बगालेले बताइन्। ‘रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागेको थियो,’ उनले भनिन्, ‘सोमबारदेखि मल पाइन्छ भन्ने सुनेकी छु, अब रोपाइँ गर्ने बेला भयो।’ 

प्रकाशित: ५ असार २०७९ ०२:५४ आइतबार

रासायनिक मलको अभाव मल पाइने भएपछि कृषक खुसी