अर्थ

किसानद्वारा २ ट्रक रासायनिक मल कब्जा

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-६ धार्केमा दुई ट्रक रासायनिक मल किसानहरुले कब्जामा लिएका छन्। भारततर्फबाट काठमाडौँ भित्र्याउदै गरेको रासायनिक मल धार्के आसपासका किसानले बीचबाटोमै ट्रक रोकेर मल निकालेका हुन्।

अहिले देशभर मल अभाव छ। धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानहरुले मल कब्जा गरेका हुन्। किसानहरुले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितर-वितर गर्न लाठी प्रहार पनि गरेको छ।

राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन्। करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगेको बताएका छन्। थप विवरण आउन बाँकी छ।

प्रकाशित: ४ असार २०७९ १२:०७ शनिबार

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका रासायनिक मल राजश्व अनुसन्धान विभाग