अर्थ

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो।

पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुईतर्फी रुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। रासस

प्रकाशित: ४ असार २०७९ ०३:०४ शनिबार