अर्थ

एभरेस्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी गाभिँदै

एभरेस्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ। सभाले एभरेस्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबिच आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

यसका साथै सम्पत्ति दायित्व मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति तथा सेयर आदानप्रदान अनुपात लगायत सम्पूर्ण विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ। 

प्रकाशित: ३ असार २०७९ ०१:०५ शुक्रबार

एभरेस्ट इन्स्योरेन्स कम्पनी साधारणसभा सम्पन्न हिमालयन जनरल इन्स्योरेन्स कम्पनी