अर्थ

महालक्ष्मी र रिगल रिसोर्टबिच सम्झौता

महालक्ष्मी विकास बैंक र हेटौंडास्थित रिगल हेटौंडा रिसोर्टबिच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापछि मोबाइल बैंकिङ मार्फत डेबिट कार्ड र क्युआर पे भुक्तानी गर्ने ग्राहकले रिसोर्टका सेवामा छुट प्राप्त गर्नेछन्।

यसका साथै डिजिटल माध्यमसँग ग्राहकलाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखा मार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ।

प्रकाशित: २ असार २०७९ ०४:१६ बिहीबार

महालक्ष्मी विकास बैंक हेटौंडास्थित रिगल हेटौंडा रिसोर्ट सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर