अर्थ

शिखर सुजका नयाँ मोडलका जुत्ता बजारमा

शिखर सुजले नयाँ मोडेलका स्पोर्ट्स सुज बजारमा ल्याएको छ। कोरोना महामारीका कारण सुस्ताएको बजारमा पछिल्लो समय दैनिक जनजीवन सहज भएपछि एकैपटक ४०/५० बढी मोडलका जुत्ता बजारमा ल्याएको हो।

महिला, वृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्ट्स सुज हल्का, लचकदार रहको कम्पनीले जनाएको छ। शिखर सुजका स्पोर्ट्स जुत्ता सम्पूर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मूल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाइमा पर्ने गरेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए।

प्रकाशित: २ असार २०७९ ०४:०७ बिहीबार

शिखर सुज नयाँ मोडेलका स्पोर्ट्स सुज बजारमा