अर्थ

मुक्तिनाथ र पर्वतारोही लाक्पाबिच सम्झौता

मुक्तिनाथ विकास बैंक र पर्वतारोही लाक्पा देन्डी शेर्पाबिच बैंकको सेवासुविधाको प्रचार एवं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्सी तथा लाक्पा देन्डी शेर्पाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

शेर्पा एक सफल पर्वतारोही हुन्। उनले तीन पटक सगरमाथा आरोहण गरिसकेकी छिन्। उनले सबैभन्दा छिटो १० दिन १८ घण्टा ३० मिनेटमा सगरमाथा आरोहण गरी गिनिज बुकमा नाम लेखिसकेकी छिन्। 

प्रकाशित: २ असार २०७९ ०३:३४ बिहीबार

मुक्तिनाथ र पर्वतारोही लाक्पाबिच सम्झौता गिनिज बुकमा नाम पर्वतारोही लाक्पा देन्डी शेर्पा