अर्थ

प्रदेश १: करिब ४० अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

प्रदेश १ को सरकारले आगामि आर्थिक वर्ष ०७९/८०का लागि करिब ४० अर्बको बजेट सार्वजनिक गरेको छ। बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले आगामि आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।  

आर्थिक मामिला मन्त्री आङ्वोले  प्रदेशको आन्तरिक राजस्व आम्दानीबाट बाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ६९ लाख बजेट प्राप्त हुने अनुमान  गरिएको जानकारी दिए।

 यस्तै समपुरक ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च बेहोर्ने आङ्वोले बताए। नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख र वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख वेहोरिने उल्लेख  छ।

  बजेटकाे पूर्णपाठ हेर्न यस लिङ्कमा क्लिक गर्नुहाेस्

प्रकाशित: १ असार २०७९ १२:४१ बुधबार