अर्थ

एनएमबिको वित्तीय साक्षरता तालिम

एनएमबि बैंकले लालबन्दीका तरकारी उत्पादक कृषकलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ। कार्यक्रममा तरकारी उत्पादक समूहका करिब १ सय ५० जना कृषकको उपस्थिति रहेको थियो। 

बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित कृषकलाई उत्प्रेरणाका साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने विभिन्न सेवाको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दी शाखाप्रमुख अरूणकुमार आचार्यले गरेका थिए। 

प्रकाशित: १ असार २०७९ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App