अर्थ

सनराइजको निःशुल्क क्यान्सर शिविर

सनराइज बैंकले निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो।

शिविरमा करिब ६३ महिलाको स्तन परीक्षण गरी उनीहरूलाई स्तन क्यान्सरबारे सचेतना दिइएको बैंकले जनाएको छ। साथै शिविरमा आउने प्रत्येक सेवाग्राहीको निःशुल्क रक्तचाप, मधुमेहलगायत परीक्षण सेवा समेत दिइएको बैंकले जनाएको छ।  

प्रकाशित: १ असार २०७९ ०३:५७ बुधबार

सनराइज बैंक निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना