अर्थ

पुतलीसडकमा गोर्खा इको प्यानलको शाखा कार्यालय सञ्चालन

भक्तपुरको राधेराधे मध्यपुरथिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाडौँको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ।

काठमाडौँ तथा ललितपुरबासी ग्राहकहरुलाई भक्तपुरसम्म आउन नपर्ने गरी ग्राहकको सुविधाको लागि पुतलीसडकमा शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां बताउँंछन्।

पुतलीसडकमा शाखा कार्यालय खोलेसँंगै त्यहाँंका ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास सीईओ कवांको छ। काठमाडौँमा माग अत्याधिक बढेपछि उनीहरुको सहजताका लागि काठमाडौँमा पनि शाखा कार्यालय खोलेको उनले जनाए। हेड अफिसबाट जेजस्ता सुविधाहरु उपलब्ध हुन्छन्, ती सबै सेवासुविधाहरु काठमाडौँ शाखाबाट पनि उपलब्ध हुने जनाइएको छ।

माग अनुसार इको प्यानलको बुकिङ गर्ने, विल काट्ने, इको प्यानलबारे जानकारी लिनेलगायतका सम्पूर्ण सेवासुविधाहरु शाखा कार्यालयबाट पनि हुने जनाइएको छ। गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो। नेपालमै बनेको यो पहिलो इको प्यानल पनि हो। यो आइएसओ सर्टिफाइ पनि छ।

हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्भव हुनु, अग्नि प्रतिरोधी, ध्वनी प्रतिरोधीलगायतका दर्जनौ विशेषताहरुका कारण पछिल्लो समय यसको माग देशैभर अत्याधिक छ। त्यही कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै ठाउँं-ठाउँंमा डिलरहरुमार्फत् यसको बिक्री वितरण हुँंदै आएको कम्पनीले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०७९ ०८:१९ सोमबार

भक्तपुरको राधेराधे मध्यपुर थिमि गोर्खा इको प्यानल काठमाडौँ तथा ललितपुर