अर्थ

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छः सांसद तामाङ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद तामाङले यस्ताे बताएका हुन्।

उनले एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि पनि गाँजा भएको दाबी गरे।

प्रकाशित: २९ जेष्ठ २०७९ ०९:२२ आइतबार