अर्थ

नेपाल बङ्गलादेश बैंकद्वारा साइकल स्ट्याण्ड निर्माणार्थ सहयोग

नेपाल बङ्गलादेश बैंक कलकत्ता शाखाले साइकल स्ट्याण्ड निमार्णको लागि सहयोग गरेको छ। बैंकले कञ्चनपुरको बेलौरी नगरपालिका वडा-९ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा साइकल स्ट्यान्ड निर्माण गरी विद्यालयका प्रधानाध्यापक हरिशप्रसाद ओझालाई हस्तान्तरण गरेको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त साइकल स्ट्यान्ड निर्माण गरी हस्ताणतरण गरेको हो।

साइकल स्ट्यान्ड निर्माण गरी विद्यालयका प्रअ हरिशप्रसाद ओझालाई हस्तान्तरण गरेको छ। विद्यालयका प्रधानाध्यापक ओझाले बैंकलाई धन्यवाद दिँदै आगामी दिनहरूमा बैंकसँग सहकार्य गरी विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने बताए।

बैंकले १ सय शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८७ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको छ।

प्रकाशित: २९ जेष्ठ २०७९ ०२:३७ आइतबार

नेपाल बङ्गलादेश बैंक कलकत्ता शाखा साइकल स्ट्याण्ड निर्माणार्थ सहयोग