अर्थ

टाटा मोटर्स कार शोरुम अब भैरहवाको पद्सारीमा

टाटा मोटर्सले भैरहवाको पद्सारीमा एम्रल्ड मोटर्स प्रालिको उद्घाटन गरेको छ। टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भैरहवामा आफ्ना ग्राहकहरूका लागि आधुनिक एवम् सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सुचारु गरेको हो।

टाटा मोटर्स र सिप्रदी ट्रेडिङको प्रतिबद्घता अनुसार आफ्नो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रूपमा खोलिएको जनाएको छ। शोरुम कम्पनीको डिलरसिप मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको तथा विज्ञहरूको निगरानीमा डिलरसिप कर्मचारीहरूलाई तालिम दिइएको र गुणस्तरीय ग्राहक अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ।

कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा रहेको छ। 

प्रकाशित: २९ जेष्ठ २०७९ ०२:२६ आइतबार

टाटा मोटर्स आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि