अर्थ

'मिडियाहरुले तथ्यपरक ढंगले उपभोक्तामाथि बदमासी गर्नेहरुको पहिचान गरुन्'

महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

महान्यायाधिवक्ता खातीले आम उपभोक्तामाथि बदमासी गर्नेहरुको तथ्य बाहिर ल्याउन सञ्चार माध्यमहरुलाई पनि आग्रह गरे। सञ्चार माध्यामहरुले उपभोक्ता हित विपरितका काम गर्नेहरुलाई बाहिर ल्याउन सके उनीहरुमाथि कारबाही गर्न सरकारलाई सहज हुने उनको भनाइ थियो।

नेपाली उपभोक्ता संरक्षण महासंघ, वागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आम उपभोक्ताको हितलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए।

महान्यायाधिवक्ता खातीले आम उपभोक्तालाई आफ्नो अधिकारप्रति सचेत गराउन गाउँगाउँमा अभियाननै संचालन गर्न जरुरी रहेको पनि बताए।

प्रकाशित: २८ जेष्ठ २०७९ १०:१९ शनिबार