अर्थ

बैंकका ग्राहकलाई केवलकारमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई पोखरा अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

उक्त सम्झौता बैंकका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी तथा अन्नपूर्ण केवलकारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरूको उपस्थितिमा भएको थियो।

पोखराको सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केवलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ। केवलकारको टप स्टेसन सराङकोटमा स्विइङ, स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरू उपलब्ध छन्।

प्रकाशित: २४ जेष्ठ २०७९ ०७:३५ मंगलबार

मुक्तिनाथ विकास बैंक भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहक अन्नपूर्ण केवलकार