अर्थ

ऋणपत्र बिक्रीका लागि सम्झौता

कुमारी बैंकले ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो।

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्र प्रति कित्ता अंकित मूल्य रु. १००० को दरले ३० लाख कित्ता गरी ३ अर्ब बराबरको ऋणपत्र बैंकले निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको बताएको छ। 

सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापक नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका थिए।

प्रकाशित: २० जेष्ठ २०७९ ०३:२० शुक्रबार

कुमारी बैंक सम्झौतापत्र