अर्थ

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ। क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरूलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो।

क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पुँजी बजार बाहिर रहेका गृहिणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरू लाई विशेष फाइदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरूमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ। सर्वसाधारणलाई लक्षित गरी ल्याइएका यस्ता कार्यक्रमले सर्वसाधारणलाई पुँजीबजारमा प्रवेश गर्ने अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने कम्पनीको दाबी छ।

यो सुविधा सन्राइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौं, तथा सन्राइज बैंक लिमिटेडका सम्पूर्ण शाखाकार्यालयहरू र सन्राइज क्यापिटल लिमिटेडको वेवसाइटबाट पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०७९ ०२:४६ बिहीबार

सनराइज क्यापिटल निःशुल्क डिम्याट खाता खोल्ने सुविधा