अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उपलब्ध स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राईप सार्वजनिक गरेको छ। जावा मोटरसाइकलको शोरुमा गायक सुसान्त केसीले उक्त बाइक सार्वजनिक गरेका हुन्।
अग्निमोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्रले विगत दुई वर्षदेखि जावा बाइकको बिक्री वितरणमा कम्पनीले सक्रियता देखाएको बताए। उनले दुई वर्षमा ग्राहकहरूबाट सदैव सकारात्मक प्रतिक्रिया पाइरहेको र आगामी दिनहरूमा जावा ४२ स्पोर्ट्स स्ट्राईपले पनि सोही किसिमको माया पाउनेमा विश्वस्त रहेको जनाए।
स्पोर्ट्स स्ट्राईप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरू गरिएकामा २९३ सीसीबीएस–सिक्सलिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड इञ्जिनले हाल २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क उत्पादनको क्षमता राख्ने कम्पनीले बताए। यो पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त इञ्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने कम्पनीले बताएको छ।
हाललाई जावा ४२ स्पोर्ट्स स्ट्राईप जावा मोटरसाइकलको मूल्य ७ लाख ५८ हजार तोकिएकोमा आफूलाई पायक पर्ने जावा मोटरसाइकलको विभिन्न शाखा र डिलरहरूमार्फत सहजै नेपालभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: १९ जेष्ठ २०७९ ०२:३३ बिहीबार