अर्थ

बैंकका ग्राहकलाई वेलनेस रिट्रिटमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन मेराकी होलिस्टिक वेलनेस रिट्रिटसँग सम्झौता गरेको छ।

यो सम्झौता बैंकको भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बूढानीलकण्ठमा रहेकोे मेराकी होलिस्टिक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका तर्फबाट संस्थागत मामिला विभाग बसन्त बक्शी र मेराकी होलिस्टिक वेलनेस रिट्रिटको तर्फबाट रेसिडेन्ट म्यानेजर अरूण कुमार झाले सम्झौतामा हस्ताक्षर गरेका थिए। बैंकले विभिन्न सेवाहरूमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी उक्त सम्झौता गरेको हो। मेराकी होलिस्टिक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटबर्कमा आवद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरेको छ।

यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स लगायतका सेवाहरू बैंकले दिदै आएको छ। 

प्रकाशित: १९ जेष्ठ २०७९ ०२:१७ बिहीबार

मुक्तिनाथ विकास बैंक वेलनेस रिट्रिटमा छुट