अर्थ

कहिले सार्वजनिक होला टाटाको नयाँ एच– ५

टाटा मोटर्सको नयाँ एच–५ गाडी फेसलिफ्ट सहित सार्वजनिक हुँदैछ। कम्पनीले नयाँ एच–५ को बाहिरी आवरण र स्टाइलिङसँगै अन्य आन्तरिक विशेषताहरूमा परिमार्जन गरी ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार लेटेस्ट प्रविधियुक्त इन्फोटेनमेन्ट र स्टेरियो जडान हुने बताइएको छ।

यसबाहेक नयाँ एच–५ मा नयाँ अलोय ह्विलहरू हुने प्रक्षेपण गरिएको छ भने गाडीको अगाडिको भागसँगै पछाडि भागमा पनि केही परिवर्तनहरू हुने अपेक्षा राखिएको छ। कम्पनीले नयाँ एच–५ मा पेट्रोल इञ्जिन हुने अपेक्षा गरेको छ भने गाडीको हुडमा पनि परिवर्तन हुन सक्ने जनाएको छ।

हाल बजारमा उपलब्ध एच–५ मा २.० लिटर क्रियोटेक डिजेल मोटर इञ्जिन जडित छ। नयाँ एच–५ मा १.५ लिटर टर्बो पेट्रोल इञ्जिनद्वारा सञ्चालित हुने र जसले १६८ बिएचपी पावर र ‍३५० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। साथै नयाँ पेट्रोल इञ्जिन जडित एच–५ म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ।

नयाँ एच–५ सन् २०२३ को सुरूमै भारतीय बजारको शोरूमहरूमा उपलब्ध हुने अपेक्षा गरिएको छ भने फेसलिफ्ट सहितको यो नयाँ एच–५को सुरूवाती बजार मूल्य १४ लाख भारतीय रूपैयाँमा हुने अनुमान छ। यद्यपि टाटा मोटर्स आफैंले भने यसबारे कुनै खुलासा गरेको छैन।

प्रकाशित: १९ जेष्ठ २०७९ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App