कामना सेवा विकास बैंकद्वारा अन्तर प्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ।
उक्त कार्यक्रममा सहभागीहरूलाई बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले प्रमाणपत्र हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरूलाई प्रोत्साहन गर्नु रहेको बताए।
प्रकाशित: १८ जेष्ठ २०७९ ०२:०१ बुधबार