अर्थ

नेपाल बैंक र विन्ध्यवासिनी विकास समितिबीच सम्झौता

नेपाल बैंक लिमिटेड र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। दुवै संस्था बीचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरू मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उद्देश्यका साथ उक्त सम्झौतापत्रमा हस्ताक्षर  गरिएको हो।

उक्त सम्झौतापत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका छन्। उक्त समझदारी पश्चात् विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरूले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोबारमा विशेष छुट प्राप्त गर्नेछन्।

नेपालभर २ सय १७ शाखाहरू, १ सय ७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको नेपाल बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

प्रकाशित: १७ जेष्ठ २०७९ ०६:४५ मंगलबार