अर्थ

अब स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताएका छन्।

बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अब सरकारले स्वदेशी वस्तुनै प्रयोग गर्नुपर्छ। विस्कृट त चाँहियो तर त्यो पनि स्वदेशी आओस्न। सेनिटाईजर स्वदेशी आओस्। मास्क पनि स्वदेशी आओस्। सुरु कस्ले गर्ने त? पहिला सरकारले गर्नुपर्‍यो। सरकारमा बस्ने पहिले हामीले नै सुरु गर्नुपर्‍यो। त्यसो गर्ने प्रतिबद्धता हामीले गरेको छौं र, हामीसँग धाँगो कारखाना छ। कपडा उद्योग छ। प्राइभेट धागो कारखाना छ। तिनलाई पनि सहुलियत दिँदैछौं। तिनलाई हामी सुविधा दिँदैछौं। विजुलीमा सुविधा दिन्छौं हामी। निर्यात गर्दा नगद इन्सेन्टिभ दिन्छौं। त्यसबाट हामी उनीहरुलाई उत्साहित गर्न खोजिराखेका छौं। टायर उद्योग, रवर उद्योग त्यत्तिकै छ। त्यसलाई बेच्नुपर्ने अवस्था छ।’

प्रकाशित: १६ जेष्ठ २०७९ १०:१३ सोमबार

अर्थमन्त्री जनार्दन शर्मा अर्थ मन्त्रालय