अर्थ

चालु आर्थिक वर्षमा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आ.व. २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान रहेको बताएका हुन्। उनले कुल सरकारी खर्च मध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ९१.२ प्रतिशत, पुँजिगत खर्च ३ खर्ब ९ करोड रुपैयाँ अर्थात् ७९.४ प्रतिशत र वित्तिय व्यवस्था तर्फ १ खर्ब ७५ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको बताए।  

उनले चालु आर्थिक वर्षमा राजस्वमार्फत् ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ संकलन हुने अनुमान रहेको बताए। अर्थमन्त्री शर्माले चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड रुपैयाँ र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ परिचालित हुने संशोधित अनुमान रहेको बताए। त्यस्तै चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब ३५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएका तथा २ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको उनले बताए।

अर्थमन्त्री शर्माले आ.व. २०७९/८० को बजेट संसदमा प्रस्तुत गरिरहेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७९ ११:३४ आइतबार