अर्थ

उपसमितिहरुलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समिति अन्र्तगतका उपसमितिहरुलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन संसदमा बुझाउनुपर्ने भएकाले विभिन्न उपसमितिहरुले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन दिएको हो।

उपसमितिहरुले समितिलाई प्रतिवेदन बुझाइसकेपछि समितिको वार्षिक प्रतिवेदन संसदमा पेश गरिने निर्णय गरिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बमलप्रसाद श्रीवास्तवले बताए।

समितिले विभिन्न मन्त्रालयहरुका विषयमा समितिमा परेको निवेदन अनुसार आवश्यक कारबाहीका लागि संसदको बजेट सेसन सकिएपछि सम्बन्धित मन्त्रालयहरुमा पठाउने र सम्बन्धित मन्त्री, सचिव तथा आवश्यक पदाधिकारीलाई समितिमा बोलाएर छलफल गर्ने पनि निर्णय गरेको छ।   

प्रकाशित: १३ जेष्ठ २०७९ ०९:२२ शुक्रबार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति उपसमिति