अर्थ

आजदेखि देशकै ठूलो प्लास्टिक मेला सुरु

प्लास्ट नेपाल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीबार (आज) देखि देशकै ठूलो प्लास्टिक मेला सुरु भएको छ।

उद्धाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको बताए। उनले अत्यावश्यक भएता पनि प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको बताए। अध्यक्ष गोल्छाले प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री भएकाले यसलाई व्यवस्थापन गर्ने भने जरुरी रहेको बताए। 

उनले नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउने कुरा स्वागतयोग्य भएको बताउनु भयो। उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा लाग्ने १० प्रतिशत भन्सार सरकारले घटाएर पाँच प्रतिशत कायम गर्नु माग गरे। भन्सार लाग्ने भएकाले अहिले नेपालमा प्लास्टिकका सामाग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिएर ठूलो विकृति ल्याएको बताए। 

अध्यक्ष गोल्छाले सरकारले नीति तथा कार्यक्रममा दश वर्षको उत्पादन दशक घोषणा स्वागयोग्य रहेको बताए। उहाँले नेपालमा उत्पादन बढाउनुपर्छ भन्दै महासंघले उत्पादन बढाउनको लागि भिजन पेपर तयार पारेकाले सरकारसँग उद्योग वाणिज्यसंघ सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए। 

अध्यक्ष गोल्छाले बजारमा देखिएको तरलताको समस्याले निजि क्षेत्रमा निरासा छाएकाले यो वर्षको बजेट निजि क्षेत्रले धेरै चासोले हेरिरहेको बताए। उनले निरासालाई उत्साहमा बदलिनको लागि यो बजेटले केही स्टीमुलस व्याकेज ल्याउँछ भन्ने निजी क्षेत्रले आशा गरेका बताए।

प्रकाशित: १२ जेष्ठ २०७९ ०९:३९ बिहीबार