अर्थ

एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल महाराजगञ्जबीच अस्पतालका कर्मचारी, एभरेस्टका मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताए।

प्रकाशित: १२ जेष्ठ २०७९ ०५:११ बिहीबार

एभरेष्ट बैंक