अर्थ

नेपाल बैंकको चारवटा शाखाको उद्घाटन

नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज एकै दिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ।

बैंकले टोखा नपा–६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नपा १ स्थित रानिवन चोकमा, कामपा–१३, रिङरोड सितापाइला चोकमा र कामपा– ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यससँगै बैंकको शाखा संख्या २१७ पुगेको छ।

ग्रीनल्याण्ड शाखाको समुद्घाटन समारोहमा बोल्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोबार गर्न अझ सहज बनाउने बताए। उनले नेपाल बैंक नेपालकै पहिलो र विश्वासिलो बैंक भएको दाबी गर्दै बैंकसँग कारोबार गर्न आग्रह गरे।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले १९९४ सालमा स्थापित नेपालको पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफूलाई उभ्याउदै बैंकिङ सेवा दिएको बताए।

प्रकाशित: १२ जेष्ठ २०७९ ०२:५९ बिहीबार

नेपाल बैंक लिमिटेड