अर्थ

सांग्रिला बैंकद्वारा ग्राहकलाई हस्पिट्यालिटीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरूमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: ८ जेष्ठ २०७९ ०७:५२ आइतबार

सांग्रिला बैंक ग्राहकलाई हस्पिट्यालिटीमा विशेष छुट