अर्थ

सरकार अर्थतन्त्रका गम्भिर समस्याहरुप्रति गैरजिम्मेवारः भीम रावल

नेकपा एमालेका नेता भीम रावलले सरकारले अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रलाई सम्बोधन नै नगरी विनियोजन विधेयक २०७९ संसदमा पेश गरेको टिप्पणी गरेका छन् । सरकार अर्थतन्त्रका गम्भिर समस्याप्रति गैर जिम्मेवार तरिकाले प्रस्तुत भएको उनको आरोप छ ।  

बिहीबार प्रतिनिधीसभा बैठकलाई सम्बोधन गर्दै उनले विनियोजन विधेयक नीति तथा प्राथमिकतामा विदेशी मुद्राको सन्चिती, आयात प्रतिस्थापन गर्ने नीति, ऋण व्यवस्थापन, वैदेशिक रोजगारका जस्ता अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रलाई विधेयकमा नसमेटिएको बताए ।

‘नेपालको विप्रेषणको ९ सय ६१ अर्ब हिस्सा रहेको वैदेशिक रोजगारको कुरा नीति तथा प्राथमिकतामा नआउनु सरकार कति गैर जिम्मेवार छ भन्ने स्पष्ट हुन्छ, रावलले भने ।  

उनले सरकारले पेश गरेको नीति तथा प्राथमिकतालाई ‘झारा टराई’ को संज्ञा दिएका छन् । रावलले आयात प्रतिस्थापन गरेर निर्यात बढाउने नीति नल्याइएको, विदेशी मुद्रा सन्चिती बढाउने योजना नभएको र व्यापारघाटा कम गर्ने सिद्धान्त, नीति र प्राथमिकता नभएको आरोप लगाए ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०९:३६ बिहीबार

#bhimrawal #economic