अर्थ

फैलिँदो जडिबुटी खेती

इलाम-कृषि अवलोकन भ्रमणमा पाल्पाको लेकाली क्षेत्रबाट आएका एक हुल कृषक इलामको माइपोखरी क्षेत्रमा तीन दिनसम्म अल्मलिए। धार्मिक, जैविक र पर्यटकीय महत्वको यो क्षेत्रमा पाल्पाबाट आएका ३० कृषक घुमघाममा मात्र सीमित भएनन्। उनीहरुले कृषकस्तरबाट गरिएको जडिबुटी खेतीको पनि प्रशस्तै अध्ययन गरे। माइपोखरीको सौन्दर्यमा जति पुलकित भए, इलामको कृषि कर्मप्रति उत्तिकै लहसिए।


वार्षिक १० करोड हाराहारीको तेजपात र दालचिनीको बोक्रा बिक्री गर्ने उनीहरुका लागि इलामको चिराइतो, लौठसल्ला, किवी र चियाको खेती नौलो थियो। जिल्ला वन कार्यालयको संयोजनमा आएको भ्रमण टोलीले मिल्दोजुल्दो हावापानी भएको पाल्पामा पनि इलाममा फस्टाएको जडिबुटी खेतीको सम्भावना देख्यो र कार्यक्रम थाल्यो। पाल्पा वन कार्यालयले बिउबिजनदेखि प्राविधिकसम्म इलामबाटै लगेर अहिले धमाधाम जडिबुटी खेती गरिरहेको छ।

...यहा" मौलाएका जडिबुटी उत्पादन हुनसक्ने प्रशस्तै खाली जमिन रहेछन्,' इलामबाट पाल्पा पुगेर खेती प्रविधि सिकाउँदै गरेका प्राविधिक युवराज पौडेलले भने, ...न्यून आयस्तर भएको समाज भएपनि जडिबुटीबाट आम्दानी हुन्छ भन्ने चेतना नभएकाले धेरै खाली जमिन खेर गएको भेटियो।' इलामका कृषकको प्रविधि र जा"गर देखेका पाल्पालीले सामुदायिक, निजी र कबुलियत वनमा खेती थालेका हुन्।

१ हजार ५ सय मिटरदेखि जिल्लाकै अग्लो स्थान १ हजार ९ सय ३६ मिटरको उचाइमा पर्ने ७ वटा गाविसका ६ सामुदायिक, ३ कबुलियत र बा"की निजी जमिनमा खेती थालिएको त्यहा"स्थित जिल्ला वन कार्यालयका कर्मचारी यामलाल पोख्रेलले जानकारी दिए। इलाममा पनि १ हजार ५ सय मिटर माथिका १८ गाविसमा व्यावसायिकरुपमा जडिबुटी खेती हुने गरेको छ। कतिपय गाउँका बासिन्दा जडिबुटी खेतीले मालामाल छन्।

सरकारी र सामुदायिक जंगलमा मात्र जडिबुटी संकलन गर्ने परिपाटीको अन्त्य गरेर इलामका कृषकले जडिबुटी खेती अन्य कृषिबालीसरह निजी जग्गामा नै मनग्य उत्पादन गर्ने गरेका छन्। जिल्लाबाट वार्षिक ७ करोड रुपैया"को हाराहारीमा जडिबुटीको बिक्री हुने गर्छ। उच्च पहाडी जडिबुटी उत्पादन तथा संरक्षण संस्थाको पहलमा जिल्लामा जडिबुटीबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने चेतना बढेको हो।

जंगलबाट संकलन गर्ने र जिल्ला वनलाई रोयल्टी तिरेर जडिबुटी बिक्री गर्नेहरु नै इलाममा अहिले आफ्नै बगानमा चिराइतो, ओखेआलु, लौटसल्लाजस्ता जडिबुटी उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन्। इलाममा जस्तै गरी अदुवा, अम्लिसोजस्ता नगदेबाली खेती हु"दै आएको पाल्पामा अब जडिबुटी पनि थपिने भएको हो। कुनै पनि खेतीपाती र जंगलसमेत नभएको पाल्पाको लोकाली क्षेत्र वनमारा झारले ढाकेको पोख्रेल बताउँछन्।

...जंगलमा चिराइतो भेटिने गरेपनि स्थानीयमा चेतना नभएका कारण प्रयोग नै हुन सकेको छैन,' उनले भने, ...इलामका कृषकले घरबारीमा नै चिराइतो उमारेर आम्दानी गरेकाले यहा"का कृषकमा पनि नया" आम्दानीको सम्भावना बढेको हो।' वन कार्यालयले जडिबुटी प्रवर्द्धन कार्यक्रमअन्तर्गत यो वर्ष ८.५ हेक्टरमा ५५ सय लौटसल्ला, साढे १३ हेक्टरमा १३ किलो चिराइतोको बिउ छरिएको पाल्पास्थित वन कार्यालयले पनि जनाएको छ।

त्यस्तै चिया र किवीका विरुवा पनि रोपिएको छ। त्यहा"का मर्स्याम, छहरा, दोभान, टिमुरे, जल्पा, ज्यामिरे र कसेनी गाविसमा जडिबुटी खेती थालिएको हो। कर्णाली, सोलुखुम्बुलगायत जिल्लामा पनि इलामबाट जडिबुटीको बिरुवा लगेर खेती थालिएको छ। बर्सेनि यहा"का कृषकले गरेको जडिबुटी खेतीको अध्ययन गर्न विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन्।

प्रकाशित: ११ भाद्र २०७२ २२:३५ शुक्रबार