अर्थ

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढायो

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य वृद्धि भएको छ। सरकारले  डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको हो।

आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको जनाएको छ।

शनिबार रातिदेखि लागु हुनेगरी अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ १४:४३ शनिबार