अर्थ

एनसिसी बैकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल क्रेडिट एण्ड कमर्स बैंक चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरेको छ। नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बचतको महत्व, बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरता र बिमा लगायतका शीर्षकमा नेपाल राष्ट्र बैकको योगदानका बारेमा प्रस्तुति दिएका थिए। साथै उनले धितोपत्र, सम्पत्ति शुद्धीकरण र विद्युतीय कारोबार सम्बन्धी विषयमा समेत आफ्नो प्रस्तुतिमार्फत प्रष्ट पारेका थिए।  

बैंकका प्रबन्धक श्री गिरीले चौतारा शाखाले २८ जना सदस्यहरूलाई औषधि बिमा बापत १० हजार रूपैयाँ सुबिधा उपलब्ध गराएको जानकारी दिए। उनले बैंक सदैव बचतकर्ताहरूको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको समेत जानकारी गराए। त्यस्तै कार्यक्रममा बोल्दै बैंकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले वित्तीय साक्षरतातर्फ अग्रसर बन्नुपर्ने कुरामा जोड दिए। 

प्रकाशित: २६ वैशाख २०७९ ०४:४५ सोमबार