अर्थ

पोखरेल फेरि सिइओ

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः प्रद्युम्न पोखरेल नियुक्त भएका छन्।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए। उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ।

बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव सँगालिसकेका पोखरेलले नबिल बैंक र मेगा बैंकको उच्च नेतृत्वमा रहेर विभिन्न जिम्मेवारी सम्हालेका थिए। २०७३ मंसिर १९ देखि उनी यो बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए। हाल पोखरेल डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष छन्। नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा पनि उनी छन्।

प्रकाशित: २३ वैशाख २०७९ ०२:२८ शुक्रबार

मुक्तिनाथ विकास बैंक