अर्थ

लुम्बिनी बैंकको दुई शाखा विस्तार

लुम्बिनी विकास बैंक लिमिटेडले बुधबार दुई वटा शाखा विस्तार गरेको छ। बैंकले काठमाडौंको कंलकी र नुवाकोटको विदुर नगरपालिकामा शाखा विस्तार गरेको हो।

काठमाडौंको कंलकीको शाखा ८० औं र नुवाकोटको शाखा ८१ औं रहेको बैंकले जनायो। यस विकास बैंकको कलंकी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका हुन।

त्यसैगरी नुवाकोटको बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्योग वाणिज्य सघंका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त उद्घाटन गरेका हुन। बुधबार खोलिएको दुई शाखासहित बैंकको सातवटै प्रदेशमा ८१ शखा पुगेका छन्।

प्रकाशित: २२ वैशाख २०७९ ०३:०७ बिहीबार

लुम्बिनी विकास बैंक