अर्थ

एनएमबी बैंक र यो यो जिप लाईनबीच सम्झौता

एनएमबी बैंक लिमिटेडले यो यो जिपलाईन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ, जिपलाईन, स्विङ, केनोपी र रेष्टुरेन्ट एण्ड कफिसपको सेवामा छुट प्रदान गर्ने भएको छ।

बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो यो को तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन्। बैंकका ग्राहकहरूले उक्त सेवाहरूको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिनबाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २२ वैशाख २०७९ ०२:४२ बिहीबार