अर्थ

पोल भाडा बक्यौता भुक्तानी गर्न आग्रह

नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युतीय संरचनाहरू प्रयोग गरी अप्टिकल फाइवर भाडामा लिई टेलिफोन/इन्टरनेट/केवल टीभि सेवा सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो।

पोलभाडा बक्यौता रकम भुक्तानीका लागि वैशाख मसान्तसम्मको समय तोकिएको भन्दै प्राधिकरणले उक्त समयमा नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ। सो समस्यसम्म बक्यौता रकम भुक्तानी नगरे तार काट्ने चेतावनी प्राधिकरण दिएको छ।

केही सेवा प्रदायक संस्थाहरूले आशिंक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवा प्रदायक संस्थाहरूले सम्झौता नै नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको सूचनामा उल्लेख छ। प्राधिकरणले नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न तथा नगराउन समेत आग्रह गरेको छ।

प्रकाशित: १५ वैशाख २०७९ ०३:१५ बिहीबार

पोल भाडा बक्यौता भुक्तानी गर्न आग्रह