अर्थ

महिला–युवा उद्यमी सम्मेलन हुँदै

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले संघीय राजधानीमा महिला–युवा उद्यमी सम्मेलन (वाईईएसडब्लु) २०२२ आयोजना गर्ने भएको छ।

मञ्चले आगामी वैशाख १० गते ह्यात प्यालेस काठमाडौंमा सो सम्मेलन गर्न लागेको हो। सम्मेलनमा कृषि, निर्माणकार्य, शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला युवा उद्यमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

यस वर्ष व्यवस्थित र योजनावद्ध वाईईएसडब्लु–२०२२ का साथ उक्त कार्यक्रमको नारा ‘वियोण्ड बेरियर’ राखिएको छ। कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्यमी महासंघका अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशालामा मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ। महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्यमहरूमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेतको सहभागिता रहेको छ।

प्रकाशित: ७ वैशाख २०७९ ०२:१० बुधबार