अर्थ

भेटायो एप सञ्चालनमा

छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ। २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

भेटायोको शुरुवात खास गरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको हो।

ग्राहकको अमूल्य समयलाई ध्यानमा राखेर घरदैलोमा व्यावसायिक सेवा सजिलै उपलब्ध गराउन यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरूले भरपर्दो र व्यवसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन्। उक्त एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराइ जीवनलाई सजिलो बनाउने लक्ष्य राखी भेटायो सेवा स्थापना गरिएको कम्पनीले जनाएको छ।

यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभवप्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ चैत्र २०७८ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App