अर्थ

इस्लिङ्टन कलेजको स्प्रिङ कार्निभल सम्पन्न

कमलपोखरी स्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले स्प्रिङ कार्निभल–२०२२ आयोजना गरेको छ। 

कलेज प्राङ्गणमा आयोजना गरिएको कार्निभल (महोत्सव) मा विभिन्न २५ वटा विद्यालयका विद्यार्थीले विभिन्न कार्यक्रम आयोजना गरेका थिए। कार्निभल आयोजना गरेको २५ वर्ष पुगेको अवसरमा २५ वटा स्टल राखिएको थियो।

कलेजले सय टिमबाट छनौटमा परेका २५ टिमलाई कार्निभलमा सहभागि गराएको जनाएको छ। कलेजमा उपस्थित विद्यार्थीले विभिन्न जातजातिका वेषभूषा लगाएका थिए। 

कलेजले सो महोत्सवलाई ‘इथ्निक डे’ को रूपमा मनाएको थियो। कार्निभलमा उपस्थित विद्यार्थी र स्टलमा रहेका विद्यार्थी फरक फरक जात र धर्मको प्रतिनिधित्व हुने खालका पहिरनमा सजिएका थिए।

कार्निभलमा चर्चित गायक दीपक बज्राचार्यको ब्याण्ड र समूहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: २८ चैत्र २०७८ ०४:३५ सोमबार

इस्लिङ्टन कलेज स्प्रिङ कार्निभल सम्पन्न चर्चित गायक दीपक बज्राचार्यको ब्याण्ड