अर्थ

नयाँ वर्षमा दराजको अफर

दराजले नव वर्षको सेल नयाँ रहर नयाँ अफर सुरु गरेको छ। नयाँ वर्षको अवसरमा सार्वजनिक यस अभियानमा पाँच हजार सम्मको भाउचर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ याडेया एसलाइक स्कुटर जित्न सक्ने अवसर दिने भएको छ।

यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराज बीच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डु, एनसीसी बैंक, सेञ्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र साङ्ग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १० प्रतिशत छुट र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत छुट लिन सक्नेछन्।

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २८ चैत्र २०७८ ०४:२८ सोमबार

नेपाल बैंक लिमिटेड स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहक