अर्थ

सुनको मूल्य एक लाख नाघ्यो

आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला  ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४७ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: २७ चैत्र २०७८ ०६:५९ आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ