अर्थ

मञ्जुश्रीको कलङ्की शाखा सञ्चालनमा

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर १४, कलङ्कीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ। कम्पनीका संस्थापक अध्यक्ष दामोदरप्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र वडा नम्बर १४ का वडा अध्यक्ष शोभा सापकोटाले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन्।

२०७८ साल पुस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेञ्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले ११.६३ अरब निक्षेप सङ्कलन गरी ११.०२ अरब कर्जा परिचालन गरेको छ। 

प्रकाशित: २७ चैत्र २०७८ ०४:५४ आइतबार

शाखा सञ्चालनमा मञ्जुश्री फाइनान्स लिमिटेड