अर्थ

मञ्जुश्रीको टोखामा शाखा

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको टोखा नगरपालिका–४ गोंगबुमा २४औं शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीका संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पूर्वमुख्यसचिव एवं नेपालको तर्फबाट अमेरिकाका लागि राजदूत दामोदरप्रसाद गौतमले सो शाखाको उद्घाटन गरेका हुन्।

२०७८ साल पौस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरी ११.०२ अर्ब कर्जा परिचालन गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ चैत्र २०७८ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App