अर्थ

एनएमबि–दराज सम्झौता

एनएमबि बैंक लिमिटेडले नयाँ नेपाली वर्षको अवसरमा अनलाइन बजार दराजमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।

उक्त बैंकका ग्राहकले दराजद्वारा सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ। सम्झौतामा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरूण फुयाँलले हस्ताक्षर गरेका छन्।

अभियानअन्तर्गत डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा एक हजार रूपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५ सय रूपैयाँसम्म छुट पाइने जारी विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले दुई सय एक शाखा, एक सय ३९ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २५ चैत्र २०७८ ०२:२१ शुक्रबार

एनएमबि बैंक लिमिटेड दराजमा अनलाइन सपिङ