अर्थ

पञ्चकन्या ग्रुपद्वारा बाल अस्पताललाई सहयोग

पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) बिच बाल अस्पतालको भवन बनाउनेबारे सम्झौता भएको छ। झापाको दमक वडा नगरपालिका–७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट चार हजार वर्ग फिट क्षेत्रफलका कोठा तथा भौतिक संरचना निर्माण गर्ने सहमति भएको हो। पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठकी धर्मपत्नी निलकुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सहयोग गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ थगन, केआइओसिएचका भगवान् कोइराला लगायतको उपस्थिति रहेको थियो। राजधानीको जत्तिकै सुविधासम्पन्न बाल अस्पताल निर्माणमा लागेको पञ्चकन्या ग्रुपले एक महिनाभित्र एलजिएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने जनाएको छ। 

प्रकाशित: २५ चैत्र २०७८ ०१:३३ शुक्रबार

पञ्चकन्या ग्रुप बाल अस्पताललाई सहयोग जारी विज्ञप्तिमा उल्लेख