अर्थ

नेप्से परिसूचक ३५.६९ अंकले वृद्धि

लगातार चौथो दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा आज वृद्धि भएको छ। साताको अन्तिम दिन आज भएको कारोबारमा नेप्से परिसूचक ३५.६९ अंक बढेर २४६४.३५ विन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३८ अंक बढेको छ। आज कारोबारमा आएका २२४ कम्पनीको ५४ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बुधबारको तुलनामा आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन करिब २ अर्बको कारोबार भएको थियो। आज १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ३.५९ प्रतिशत बढेको छ।

त्यस्तै, व्यापार उपसमूहको परिसूचक २.६२ प्रतिशत बढेको छ। यता बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्।

नेप्सेसँगै आज दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यस्तै, नेपाल टेलिकमको ५ प्रतिशतभन्दा बढी बढेको छ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र सर्पोट माइक्रो फाइनान्सको शेयर गिरावट आएको छ। कारोबार रकमका आधारमा ७ करोड ३८ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ। प्राइम कमर्सियल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: २४ चैत्र २०७८ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App