अर्थ

सिटिजन्स बैङ्क र जनसेवा हस्पिटलबीच सम्झौता

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थितबर्दिवास जनसेवा हस्पिटल प्रालि बीच सिटिजन्स बैङ्कका कार्डवाहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ।

सम्झौताले उक्त अस्पतालमा उपलब्ध सबै सेवा सुविधामा १० प्रतिशत छुट दिने बैङ्कले जनाएको छ। सम्झौताले बैङ्कका ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ चैत्र २०७८ ०१:४६ बुधबार

सिटिजन्स बैङ्क जनसेवा हस्पिटल